कमलबजार पिसिआर प्रयोगशालाका लागि तुर्माखाँदको १० लाख सहयोग

25
SHARES
138
VIEWS

अछाम । जिल्लाको तुर्माखाद गाउँपालिकाले कमलबजारमा रहेको पिसिआर प्रयोगशालाका लागि आर्थिक सहयोग गरेको छ ।

कमलबजार नगरपालिका अन्तर्गत कमलबजार प्राथमिक स्वास्थ्य केेेन्द्रमा सञ्चालित पिसिआर परीक्षण प्रयोगशालाको स्तर उन्नतिका लागि आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।   

प्रयोगशाला सञ्चालनमा राहत पुगोस् र सहज होस भनेर आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढाले १० लाखको चेक प्रयोगशालालाई हस्तान्तरण गर्नुभएको हो ।

यसरी अन्य गाउँपालिकाबाट पनि प्राप्त सहयोगले प्रयोगशालालाई व्यवस्थित पार्नमा थप सहज हुने प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

आर्थिक सहयोग प्राप्त गरेपछि कमलबजार नगरपालिकाका नगरप्रमुख ओम प्रकाश विष्टले खुशी व्यक्त गर्दै तुर्माखाँद गाउँपालिका परिवारलाई धन्यवाद दिएका छन् ।

यसअघि जिल्लाको ढकारी गाउँपालिकाले पनि गत साउन महिना मै १० लाख अर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार