अछाम । अछाममा जिल्ला अस्पतालका १७ जना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको छ । विभिन्न समयमा गरिएको पीसीआर परीक्षणमा कर्मचारीहरुको रिपोर्ट पोजिटिभ आएको हो । कर्मचारीलाई कोरोना देखिएपछि अस्पतालले शुक्रबार देखि अनिश्चितकालका लागि अस्पताल ‘सिल’ गरेको छ ।
अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज बिस्टले बताउनु भयो । संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा रहेको उहाले जानकारी दिनुभयो । अस्पतालमा ल्याबका सम्पुर्ण कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएकाले अर्को ब्यावस्था नहुदा सम्म प्रसुती सेवा समेत बन्द गरिएको अस्पतालले जनाएको छ ।
Discussion about this post