आजदेखि खुल्दै चिडियाखाना, इसेवा मार्फत टिकट काट्न सकिने

22
SHARES
123
VIEWS

२५ मंसिर काठमाडौ । कोभिड १९ महामारीका कारण ७ चैतदेखि बन्द रहेको ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखाना आज देखि खुल्ने भएको छ। संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयपछि चिडियाखाना खोल्न लागिएको हो। स्वास्थ्य सुरक्षाका सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलले जानकारी दिए।
चिडियाखाना अवलोकन गर्दा विदेशीलाई ७५०, सार्क राष्ट्रका नागरिकका लागि ५००, नेपालीलाई १५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
चिडियाखाना अवलोकन गर्न जानेले अनिवार्य रूपमा मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने पोख्रेलको भनाई छ। एकपटकमा बढीमा ८ सय जनासम्मलाई प्रवेश दिइने र बढीमा डेढ घण्टासम्म मात्र भित्र रहन पाइने नियम बनाइएको छ।
चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन। अब हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुला गरिने पोखरेलले बताए।
भीडभाड हुन नदिन पहिलोपटक अनलाइन टिकटको व्यवस्था पनि गरिएको छ। चिडियाखानाको वेबसाइट वा ई सेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार