आज सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै, बढ्ला कि घट्ला ?

15
SHARES
83
VIEWS

काठमाण्डौ । संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथाको उचाई करिब १७० वर्षअघि मापन भएको थियो ।

सन् १९५४ मा सर्भे अफ इण्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मापन गरेको थियो ।

अहिलेसम्म यसैलाई आधिकारिक उचाई मानिन्छ । अब भने नेपाल आफैंले मापन गरेको सगरमाथाको उचाइ कायम हुने भएको छ ।

नेपालले मापन गरेको उचाई भोलि सार्वजनिक हुने भएको छ ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने निर्णय गरेको थियो ।

जसअनुसार गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो ।

जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो ।

सगरमाथाको उचाई मापन कार्य परम्पारगत विधि (समतल नापी) तथा आधुनिक विधि (जीएनएसएस) र स्थलगत भू (आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको थियो ।

टोलीले तेस्रो पोलमा रहेर ५२ वटा स्याटलाइटबाट सर्भे गरेको थियो । सगरामाको उचाई मापनको सबै प्रक्रिया पूरा भइसकेको छ ।

सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ ।

नापी बिभागले सोमबार पत्रकार स्म्मेलन गर्दै चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको जनाएको हो ।

विभागका महानिर्देशक प्रकाश जोशीले झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिए ।

उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गरिने जोशीले जानकारी दिए ।

गएको वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा नेपालमा सगरमाथा र तिब्बतमा झोमुलङ्मा भनिने विश्वको सर्वोच्च शिखरको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने र त्यसमा मिलेर वैज्ञानिक अनुसन्धानहरू अघि बढाउने सहमति भएको थियो ।

सर्वोच्च शिखर सगरमाथा आफ्नै शिरमा भए पनि नेपाल आफैंले भने अहिलेसम्म यसको उचाइ मापन गरेको थिएन ।

अरुले मापन गरेकै उचाइलाई आधार मानेको थियो ।

नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले गरेको मापन हो ।

त्यसैगरी सन् १९९९ मा अमेरिका र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेको थियो ।

सबैको मापन फरकफरक निस्किएको थियो । नेपालले आधिकारिक रुपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले मापन गरेको हो ।

यसै गरी अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।

अब भने नेपाल आफैंले मापन गरेको सगरमाथाको उचाइ कायम हुने गरेको छ । उचाई बढेको छ वा घटेको छ त्यो भने भोली नै थाहा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार