देशभर २४ घण्टामा थपिए यति संक्रमित, कतिले जिते कोरोना ?

24
SHARES
134
VIEWS

काठमाडौँ । आज देशभर थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या १ लाख ४० हजार ९ सय ८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ हजार ७ सय ५२ जना डिस्चार्ज भएका छन् ।

योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको छ ।

योसहित मृतकको संख्या १ हजार ५९४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार