अछाम : अछाम जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको अर्गमोर्चामा खटिएका स्वास्थ्य कार्यालय अछामका प्रमुख र स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारीलाई समेत कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानालाई र सुचना अधिकारी देब जोशिलाई शुक्रबार कोरोना पुष्टी भएको कमलबजार पिसिआर प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
स्वास्थ्य प्रमुख ढुंगाना अछाममा सुरुवात देखि नै कोभिड रोकथाम र नियन्त्रणका लागि अर्गमोर्चामा रहेर खटिएका थिए ।
उनले जिल्लाका विभिन्न पालिकामा पुगेर समन्वय गर्ने, स्वास्थ्य डेस्क स्थापना गर्ने, बैठक गर्ने, आवश्यक सामाग्री उपलब्ध गराउने लगायतका काममा सक्रिय भएर काम गरिरहेका छन् ।
कोरोना संक्रमण भएपछि उनि आज देखि सुरक्षित होम आईश्वलेशनमा बसेका छन् ।
Discussion about this post