सयौँ कार्यकर्तासहित कांग्रेस नेता पौडेलले गरे पुल उद्घाटन

38
SHARES
210
VIEWS

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिकाको १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गरेका छन्

हिजो प्रहरीले पक्राउ गरेर तीन घण्टा नियन्त्रणमा राखे पनि पौडेललेआज पुल उद्घाटन गरेरै छाडे ।

पौडेलसहितका जिल्ला नेता र सयौँ कार्यकर्ता सरकारविरुद्ध चर्को नाराबाजी गर्दै बुल्दी खोलामा पुगेका थिए ।

अहिले पुलको नजिकै आमसभा भइरहेको छ, सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुल निर्माण गरेको निकायले उद्घाटनमा रोक लगाउन माग गर्दै जिल्ला प्रशासनलाई पत्र लेखेपछि प्रशासनले बुधबार पुल उद्घाटनमा रोक लगाएको थियो ।

तर कांग्रेस वरिष्ठ नेता पौडेलले जसरी पनि पुल उद्घाटन गरेरै छाड्ने अडान लिएपछि बुधबार अवस्था तनावपूर्ण बनेको थियो

प्रशासनले दिउँसो १२ देखि बेलुकी ६ बजेसम्म निषेधाज्ञा नै जारी गरेको थियो ।

निधेषाज्ञा तोडेर पुल उद्घाटनको तयारी भए पनि नेता पौडेल पक्राउ पर्नुभएको थियो ।

स्थानीय विकास मन्त्रालयमार्फत २०७३ वैशाखमा सम्झौता भएर २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न

भएको पुल निर्माणमा आफूहरुको महत्त्वपूर्ण हात रहेको दाबी गर्दै नेपाली कांग्रेस र नेकपाका नेताहरुबीच विवाद बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार