जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलाहदुलही सहित १३ जना घाइते

85
SHARES
473
VIEWS

धनगढीः कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलाहदुलही सहित १३ जना घाइते भएका छ्न ।

बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर गएराति ११ बजेतीर

भीमदत्त राजमार्ग अन्तर्गत पर्ने जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी दुलाहदुलहीसहितका १३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उनीहरुमध्ये चालकसहितका ४ जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लुहार पनि घाइते भएका छ्न।

उनीहरुको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार