काठमाडौं । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
जसअनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशभरको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
आज विहान काठमाडौंको तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।
देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउने क्रम पनि जारी छ ।
यसकासाथै तराइका भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुनेछ ।
जसबाट सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
Discussion about this post