चौरपाटीमा १५ शैयाको अस्पतालको शिलान्यास

31
SHARES
173
VIEWS

कालु बाेहाेरा , अछाम । राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले एक स्थानिय तहका विरामीले अर्को स्थानिय तहका अस्पतालमा जानू पर्ने बाध्यताको अन्त्य हुने धारणा ब्यक्त गर्नु भयो । आज चौरपाटीमा १५ शैयाको अस्पतालको शिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य कुँवरले सरकारले देशभरका ७५३ वटै स्थानिय तहका सबै तहमा १५ देखि २५ शैयाको अस्पताल स्थपना गर्ने रणनिति अनुसार अस्पताल स्थपना गरेको बताउनु भयो भयो ।

अस्पताल स्थपना सँगै सबै स्थानिय तहमा डाक्टर सहित सेवा सुविधा सहितको ब्यवस्था हुने बताउनु भयो । चौरपाटीमा स्थपना भएको अस्पतालका लागि संघिय सरकारको१८ करोड सहयोगमा अस्पतालको निर्माण गरिने बताउनु भयो ।

स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा वडा न १ का अध्यक्ष सालिभान साउदको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद, उपाध्यक्ष माया कुँवर, नेकपाका चौरपाटी गाउँ संगठन कमिटी अध्यक्ष झंकर बहादुर साउद, नेपाली काँग्रेस गाउपालिका सभापति गणेश बहादुर शाह लगायतले मन्तब्य राख्नु भएको थियो ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहाकार राजेन्द्र कुँवरले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार