अछाम । पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुखलाई कोरोना संक्रमण भएको छ ।
जिल्लाको कमलबजार पिसिआर परिक्षण प्रयोगशालामा भएको परिषणमा नगरप्रमुख देवराज देवकोटालाई संक्रमण भएको हो ।
नगर प्रमुख देवकोटालाई कोरोना भाईरस कोभि १९ को संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए ।
उनलाई मंगलबार भएको परिक्षणमा कोरोना संक्रमण पुष्टी भएको प्रयोगशालाले जनाएको छ । नगरप्रमुख देवकोटाका अनुसार हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Discussion about this post