चन्द्र प्रसाद भाट,अछाम । लैँगिक हिँशा अन्त्यको प्रतिबद्धता,ब्यक्ति समाज र सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ सासु बुहारी तथा परीवाका सदस्यलाई लैँगिक विभेद सम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलसेन नगरपालिकाको वडा नः ६ मा सम्पन्न भएको छ ।
१६ दिने लैङ्गिीक हिँसा न्यूनिकरण अभियान चलिरहेका बेला मंगलसेन नगरपालिकाले महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा भएको कायक्रममा गाउँघरमा हुने गरेका बिभिन्न प्रकारका हिँसाहरु को बारेमा छलफल समेत गरीएको थियो ।
समाजमा महिला माथि हुने गरेका बिबिध किसिमका घरेलु हिँशाहरु न्यूनिकरणका लागी के गर्न सकिन्छ भन्ने बिषयमा पनि अन्तरक्रिया गरीएको थियो । महिला तथा पुरुष माथि हुने गरेका हिँशाहरु अन्त्यका लागी सम्बन्धित निकाय सम्म पुर्याउन सबैले सहयोग गर्नुपर्ने सहभागीहरुको जोड थियो । मदिरा सेवनका कारण समाजमा भैरहेका बिभिन्न प्रकारका हिँशाहरु लाई कम गर्न मदिरा ब्यवस्थापन गनुपर्ने सहभागीहरुले बताएका छन ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जनक बहादुर बोहराले आफुमाथि केहि हिँशा भए तत्काल प्रहरी समक्ष खबर गर्न आग्रह गर्नुभएको छ । हाम्रो समाजमा बढिजसो महिला माथि हिँशा हुने गरेको भन्दै उहाँले आफुमाथि केहि हिँशा भए सहेर नबस्न पनि उहाँले अनुरोध गर्नुभयो । नेपाल प्रहरी जनताको साथमा रहेको उल्लेख गर्दै प्रहरी निरीक्षक बोहराले हिँशा गर्नेमाथि कारबाहिका लागी प्रहरीले कुनै कसुर बाकिँ नराख्ने बताउनुभयो । समाज परीबर्तनमा नेपाल प्रहरी जुनसुकै समयामा पनि सहयोग गन तयार रहेकाले केहि समस्या भए खबर गर्न आग्रह गर्नुभयो ।
यस्तै अन्तरक्रिया कायक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नः ६ का अध्यक्ष जनकराज भण्डारीले महिला तथा पुरुष माथि कुनै पनि प्रकारले हिँशा भए वडा कार्यालय र प्रहरी समक्ष सुचना दिन आग्रह गर्नुभयो । आफुले सभ्य समाज निर्माणका लागी काम गरीरहेको स्मरण गर्दै उहाँले यसमा सबैले सहयोग गर्न अपिल समेत गरेका छन ।
यसैबिच मंगलसेन नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखामा कार्यरत सहायक महिला बिकास अधिकृत जयलक्ष्मी जोशीले महिला तथा पुरुषहरुले आफुमाथि कुनै पनि किसिमका हिँशाहरु भएको पाईएमा तत्काल सम्बन्धीत निकाय लाई खबर गर्न आग्रह गरेकी छिन । बिषेश गरी समाजमा महिला दिदिबहिनीहरु बढि हिँशा पिडित देखिएकाले आफुमाथी हिँशा भए सहेर बस्न नहुँने उहाँले बताउनुभयो ।
वडा नः ६ का अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा भएको कायक्रममा कार्यपालिका सदस्य भावना बिक प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु,वडा सचिब धिरेन्द्र बहादुर भण्डारी,महिला,टोल बिकास सँस्थाका प्रतिनिधिहरु,प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सँचालन मंगलसेन नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरीक शाखामा कार्यरत सहायक महिला बिकास अधिकृत जयलक्ष्मी जोशीले गर्नुभएको थियो ।
Discussion about this post