चौरपाटी गाउँपालिकाको दशौ बैठक सम्पन्न

36
SHARES
201
VIEWS

कालु बाेहाेरा, अछाम । चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको दशौ बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटीमा १५ शैयाको अस्पतालको शिलान्यास गर्ने, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको वडा स्तरमा जनप्रतिनिधी र रोजगार संयोजकत्वको कार्यक्रम छनोट गरी लागत इष्टमेट तयार गर्ने, फरक क्षमता भएका वडा नं। ०६ दुनी टेक बहादुर साउदको अभुुत कलाको समानका लागि दुुई कोठे अपांग मैत्री भवन निर्माण गर्ने, गाउँपालिकाका सबै सहकारी संस्थाका तिन जना पदाधिकारीका लागि क्षमता अभिबृद्धि तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले गाउँपालिकाका सबै सहकारी संस्थाको लेखाजोखाका लागि गरिवसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक र सम्बन्धित वडाका सहकारी संस्था मार्फत कार्यक्रम सञ्चालन गर्ने, कोराना भाईरस कोभिड १९ का लागि कोभिड अस्पतालका लागि कर्मचारी ब्यवस्थापन र स्वास्थ्य सामाग्री खरिद गर्ने, औद्योगिक ग्राम स्थपनाका लागि त्रिवेणी धाम क्षेत्रको डिपिआर निर्माण गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष माया कुँवर, वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापा, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार