यस्तो रहनेछ आज दिनभरको मौसम ?

12
SHARES
64
VIEWS

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन।

हाल देशका पहाडी भू–भागका केही स्थानको मौसममा आंशिक बदली रहेको छ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी विभागले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशका धेरैजसो स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुकासाथै तराई क्षेत्रमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार