यस कारण पहिलो पटक रोकियो ऐतिहासिक डौँठेगडा मेला

17
SHARES
97
VIEWS

अछाम – अछाम जिल्लाको प्रसिद्ध, धार्मिक तथा ऐतिहासिक डौँठेगडा दशैँ मेला यस बर्ष नहुने भएको छ । कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका बर्ष लाग्ने दशैँमेला यस बर्ष नहुने भएको हो ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नम्बर १ गाज्रामा लाग्ने ऐतिहासीक डोठेगडाको दशै मेला कोरोना भाईरसका कारण १ सय २९ बर्ष पछि पहिलो पटक रोकिएको हो । कोभिड १९ को जोखिम बढ्दै गएका कारण यसबर्ष दशैँमेला नहुने गाउँपालिकाको वडा १ गाँज्राका अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए ।

ऐतिहासिक डौठेगडा दशैँमेला बि.स १९४९ साल देखि निरन्तर रूपमा मनाईदैँ आएकोमा यस बर्ष कोरोनाका कारण स्थगित भएको अध्इक्ष खड्काको भनाई छ । अछाम जिल्लामा देवीका नाममा मनाईदैँ आएका ऐतिहासिक तथा चर्चित दशैमेलाहरु यसबर्ष रोकिदैँ गएका छन् । शान्नीकोट दशैँमेला, तिमिल्सैन दशैमेला पनि कोरोनाका कारण रोकिएका थिए ।

डौँठेगडा मेलाको ईतिहास ?

परापूर्वकालदेखि अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा कात्तिक शुक्ल पूर्णिमा दिन डौँठेगडामा मेला लाग्ने गर्दछ । यस मेलामा बिशेषगरी आफ्नो मनोकाक्षा पुराहोस् भनेर राँगा बोकाको बली दिने प्रचलन छ । मेला भर्न अछाम, डोटी, बाजुरा, कालीकोट, सुर्खेत थु्रपै ठाँउबाट हजारौ मानिस सहभागी हुने गर्दछ ।

बिशेषगरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका बासिन्दा मेला भर्न यसठाँउमा आउने गरेको पाईन्छ । बरदादेवी माताको शक्तिका कारण आफ्नो मनोकामना पूर्ण हुने विश्वासका साथ यहाँ मासिनहरु आएर राँगा बोकाको बली दिनुका साथै पुजा अर्चना गर्ने गर्छन । साथै त्यस दिन देखी भोलीपल्ट बिहानसम्म यसठाँउमा सुदूर तथा कर्णालीको चर्चिच न्याउल्या खेल खलेर रमाईलो गर्ने प्रचलन समेत रहेको छ ।

ऐतिहासिक किम्बदन्ती

तत्कालिन समयमा नेपालमा बाईस्से चौबीसै राज्य भएको बेला खप्तडी खड्का श्री सीकिन्दर खड्काको पाला देखि नै डौठेगडामा मेला सुरुवात भएको ईतिहिास रहेको छ । तत्कालिन समयमा गाउँका मुखियालाई राजाको आदेशमा मुखियाहरूको टाउको काट्नु भनी आदेश दिईन्थ्यो । त्यसै बखतमा राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियाहरूलाई प्रहरीले पक्राउ गर्दै लिएको पाईन्छ ।

सोहि क्रममा गाज्राका मुखिया सिकीन्दर खड्कालाई पनी प्रहरीले पक्राउ गरी लिएको र संयोगबस उनलाई लिने प्रहरी प्रमुख उनका मीत रहेका थिए भन्ने बुझिन्छ । जब उनलाई काट्न अछाम र दैलेखको सिमाना कर्णाली नदीको किनार बेलखेतमा पुरयाईयो र उनलाई काट्नलाई उनकै मीत प्रहरी आए ।

काट्न आएका खड्काका मीत प्रहरीले उनलाई भने, तपाई आफुले पुज्ने देबी देउतालाई सम्झनुहोस्, सिकीन्दर खड्काले बरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फालेर सकुशल आफ्नो घर गाज्रा फर्केको कारण डौँठेगडामा छाडी राँगबोकाको बली सहित दशैमेला लाग्ने गरेको किम्बदन्ती रहेको छ ।

खड्काले कर्णाली नदीमा हाम फालेको बेला आफुले कबुल गरे अनुसार मनोकामना पूर्ण भएको भन्दै रागा बोकाको बलि दिएको ईतिहास पाईन्छ । पछि गएर सबैले डौँठेगडामा आफ्नो मनोकामना पुरा होस् भनेर बली स्वरुप छाडी रागा काट्ने प्रचलन रहदैँ आएको बिश्वास गरिन्छ ।
सुदूर आजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार