नेकपा विवादमा चिनिया राजदूत यान्छीको इन्ट्री: राती किन गइन बालुवाटार ?

26
SHARES
147
VIEWS

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेको बेला नेपालका लागि चिनिया राजदूत होउ यान्छी पुनः सक्रिय भएकी छन्। नेकपाकै सचिवालय सदस्यकै जत्तिकै सक्रिय भएर यस अघिको विवाद मत्थर पारेकी यान्छी यस पटक पनि सक्रिय भएकी हुन्।

राजदूत यान्छी हिजो राती करिब २ घण्टा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै आग्रहमा साँझ आठ बजे बालुवाटार पुगेकी राजदूत यान्छी राती १० बजेर १० मिनेट जाँदासम्म बसेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओली र राजदूत यान्छीबीचको छलफलमा अरु कोको थिए भन्ने खुलेको छैन। आज नेकपाको सचिवालय बैठक बस्दै छ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले बैठक बोलाएको हो। आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली आउने या नआउने अन्यौल छ।

ओली नआए पनि प्रचण्ड, नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनाल बैठक बसाएर पेलेरै जाने तयारीमा छन्। हिजो मात्रै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए। नेकपाको हरेक विवादमा मुछिने राष्ट्रपति भण्डारी र राजदूत यान्छी यसपटक पनि सक्रिय भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार