यस्तो रहनेछ आज दिनभरको मौसम ?

12
SHARES
68
VIEWS

काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।

हाल सुदुरपश्चिमको पहाडी भू–भागको मौसममा आंशिक बदली भएको छ ।

त्यस्तै सुदुरपश्चिमकै तराई क्षेत्रमा हुसु् र कुहिरो लागेको छ ।

बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार