अछाममा पहिलो पटक संचारकर्मी लाई पनि कोरोना संक्रमण

24
SHARES
132
VIEWS

अछाम । अछाममा पहिलो पटक संचारकर्मी लाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । संचारकर्मी पूर्ण बहादुर खड्कालाई कोरोना संक्रमण पुष्टी भएको हाे ।

सुदूरआज डटकमका सम्पादक खड्कालाई कोरोना पोजेटिभ देखिएको हो।

जिल्लाकाे कमलबजार पिसिआर प्रयोगशालामा भएको परिक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको सुचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

खड्काले आफु पनि कोरोनाबाट अछुतो नरहेको भनेर सामाजिक संजालमा जानकारी दिएका छन् ।

मंगलसेन नगरपालिका ७ घर भएका उनले आफुसंग भौतिक रुपमा नजिक रहेकाहरुलाई सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

सामान्य खोकी र ज्वरोको लक्षण रहेकोे उनले बताए । उनि अछाममा कोरोना संक्रमित हुने पहिलो संचारकर्मी हुन् ।

खड्काले कोभिड १९ को संक्रमण सुरुवात भएदेखि नै अछाम जिल्लामा फ्रण्टलाईनमा रहेर काम गरिरहेका छन् ।

खड्का न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा समेत आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार