कैलाली । सुदूरपश्चिममा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ३९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३/३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना
, गोदावरी नगरपालिकाका २ जना, त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
Discussion about this post