नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

11
SHARES
62
VIEWS

काठमाण्डाै । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितकाे सङ्ख्या दुई लाख नाघेकाे छ ।बुधबार थप दुई हजार पाँच सय ६९ जनामा काेराेना सङ्क्रमण देखिएसँगै काेराेना सङ्क्रमितकाे सङ्ख्या पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १० हजार ८१ जनाकाे नमुना परीक्षण भएकाे हाे ।त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६ सय ६६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६२ हजार दुई सय ४३ पुगेको छ ।

अब नेपालमा ३८ हजार नाै सय १२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय नाै जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार