अछाम । मेल्लेख गाउपालिकाले आफ्नै नगर बस सेवा संचालनमा ल्याएकाे छ। गाउपालिकाले जिल्लामै पहिलो पटक बुधबारबाट नगर बस सेवा संचालन ल्याएकाे हो।
गाउपालिकाका उपाध्यक्ष धनबहादुर शाहीले बस सेवा सुभारम्भ गर्नु भएकाे हाे । दुई वटा बसबाट मेल्लेख देखि व्यपारिक केन्द्र साफेबगर- सदरमुकाम मंगलसेन रुटमा सेवा दिने गाउपालिकाले जनाएको छ।
हाल व्यक्तिगत जिपबाट यात्रा गरिरहेका यात्रुलाई गाउपालिकाले नै नगर बस संचालन गरेपछि यात्रामा सहजता हुने स्थानीयले विश्वास लिएका छन्। एक बस ३० सिट क्षमाताको छ।













Discussion about this post