अछाम । नेपाल कम्युनिष्ट पार्टि जिल्ला समिति अछामको आयोजनामा राष्ट्रघात जनघात भ्रष्ट्रचार र कोरोना महामारिमा सरकारको नालायकिपनका विरुद्धमा अछाम का ३ ठाउमा विरोध सभाहरु गरेको छ । जिल्लाको ढकारी गाउपालिका ,तुर्माखाद गाउपालिका र पंञ्चदेवल विनायक नगरपालिकामा विरोध प्रदर्शन भएको हो।
पंञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलामा भएको कार्यक्रमका अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी पंञ्चदेवल विनायक नगरपालिका सचिव किशोरले गर्नुभएको थियो ।कार्यक्रमका प्रमुख अतिथि नेकपा अछाम ईन्चार्ज नवीन रहनुभएको थियो ।
प्रमुख अतिथिको आशन वाट वोल्दै इन्चार्ज नवी ले अहिलेको कम्युनिस्ट नाम गरेको सरकार आफ्नो सामान्य जिम्मेवारी वाट पन्छिएर जनताको स्वास्थय माथि ठुलो खेलवाड गरेको आरोप लगाउनुभयो ।शिक्षा स्वास्थ्य विकाश निर्माण लगायत सवैतिर वाट देश महासंकटमा परेकाले यस्को निकास अहिले का संसदिय दल र यिनका नेताहरु वाट यो सम्भव नभएको र यसको निकास वैज्ञानिक समाजवादि व्यवस्था वाट मात्र हुने उहाले वताउनु भयो ।कानुनि राज्य भनेर जति व्याख्या गरेपनि जनताले कहिल्यै पनि न्याय नपाउने यदि पाउने भएको भए निर्मला पन्त का हत्यारा ,पंञ्चदेवल विनायक नगरपालिका २ का वडाअध्यक्ष पदम वहादुर धामि को हत्यारा पत्ता लागेको खै भनेर प्रश्न गर्नु भयो ।
यस्ता सवैखाले संकटको हल अहिले को व्यवस्था वाट नहुने र व्यवस्था परिवर्तन को महासमर को नेतृत्व नेत्र विक्रम चन्द विप्लव ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टि ले लिने उहाले दावि गर्नुभयो ।कार्यक्रम का अन्य अतिथि मा युवा संगठन नेपाल का पश्चिम कमाण्ड ईन्चार्ज तथा जिल्ला सचिवालय सदस्य जिवन ,जिल्ला न्याय विभाग प्रमुख तथा सचिवालय सदस्य प्रकाश लगायत को उपस्थिति रहेको थियो ।अविरल को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम को संञ्चालन विवेक ले गर्नुभएको थियो ।
Discussion about this post