कर्णाली र सुदूरपश्चिमको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना

18
SHARES
98
VIEWS

काठमाण्डाै – कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने कुनै प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार वाग्मती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ । वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ ।

न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार