अछाममा थप १० जनामा कोरोना पुष्टि

16
SHARES
89
VIEWS

अछाम । जिल्लाको कमलबजारको प्रयोसालामा गरिएको परिक्षणमा मंगलबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साफेबगर नगरपालिकाका दुइ महिला ८ जना पुरुष गरि जम्मा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा सबै साफेबगर नगरपालिकाका भित्रका रहेका कमलबजार प्रयोगसालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनु भयो ।

कमलबजार नगरपालिकाका दुइ महिला सात जना पुरुष गरि जम्मा १० जना, मेल्लेख गाउपालिकाका १० महिला २१ पुरुष गरि जम्मा ३१ जना, बान्निगडी जयगडका गाउपालिकाका आठ महिला सात पुरुष गरि जम्मा १५ जना, र साफेबगर नगरपालिकाका ११ महिला २३ जना पुरुष गरि जम्म ३४ जना सहित ९० जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएका मध्य १० जनामा संक्रमण पुष्टि भएको प्रयोगसालाका सुचना अधिकारी बिष्टले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार