जिल्लाको विकासका लागि आफु निर्वाचित भएदेखि अहोरात्र खटिरहेको: सांसद बोगटी

32
SHARES
180
VIEWS

अछाम । अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले जिल्लाको विकासका लागि आफु निर्वाचित भएदेखि नै अहोरात्र खटीरहेको बताउनु भएको छ । नेकपा मंगलसैन नगरसंगठन कमिटि वडा नम्बर १३ बस्तीको डाँडीगडेमा भएको कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सांसद बोगटीले जिल्लाको समग्र विकासका लागि आफुले निरन्तर संसद, मन्त्रालय तथा विभागमा आवाज उठाईरहेको बताउनु भयो । वडा नम्बर १३ बस्तीका वडा कमिटि सचिव एकेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद बोगटीले आफ्नो पहलबाट पछिल्लो समय जिल्लामा सडक, स्वास्थ्य भवन, शिक्षा, खानेपानी लगायतका क्षेत्रमा बजेट बिनियोजन भई काम भैरहेको र योजनाको प्रभावकारीताका लागि स्थानीयले समेत खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथि मंगलसैन नगरपालिका प्रमुख पदम बोहराले आफुले चुनावमा गरेको बाचा अनुसार काम गरिरहेको भन्दै बस्तीको विकास आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । बस्तीमा सडक, विद्युत, खानेपानी, संचार लगायतका पूर्वाधार विकासका लागि नगरले बजेट छुट्याई योजना बनाएको नगरप्रमुख बोहराको भनाई छ ।

कार्यक्रममा नेकपा मंगलसैन नगरकमिटि ईन्चार्ज चन्द्र बोहराले नेकपा जनताको पार्टी र जनताका जनजीविकाका सवाललाई पहिले देखि उठाउँदै र कार्यान्वयन गर्दै आएको पार्टी नेकपा भएको उल्लेख गर्नुभयो । अहिले दुई तिहाईको सरकारले केही गरेन भन्ने भ्रम फैलाईएको भन्दै कोरोना कहरका वीचमा पनि सरकारले राष्ट्र, राष्ट्रियता, विकास निर्माण लगायतका क्षेत्रमा काम गरिरहेको ईन्चार्ज बोहराको भनाई छ ।

कार्यक्रममा नगर कमिटि अध्यक्ष बृख बोगटी, नगरकमिटि सदस्य पूर्ण राना, गौरब नेपाली, धर्म नेपाली, रतन धामी, कर्ण धामी, शिक्षक महासंघका नगर अध्यक्ष मदन बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका भीम बोगटी, जय बोगटी, दान बहादुर बोगटी, सर्प बोगटी लगायतले मन्तब्य राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार