अछाम । बाढी र पहिरोले संरचनामा क्षति गरेपछि अवरुद्ध बनेको अछामको रामारोशन मुजाबगर क्षेत्रको विद्युत सेवा सञ्चालन ल्याइएको छ । राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा सञ्चालनमा ल्याईएको हो ।
गत भदौ २ गते रातिको बाढी र पहिरोले विद्युत पोल बगाई अन्य संरचना समेत क्षति गरेको रामारोशन क्षेत्रमा विद्युत लाईन मर्मत र विस्तार गरेपछि गाउँपालिकाको केन्द्र मुजाबगरमा उदघाट्न सहित ग्राहकलाई मिटर वितरण गरिएको हो ।
गजडबजार हुँदै मुजाबगरसम्म पोल गाडेर लाईन बिस्तार गरेर विजुली जलाईसकेपछी गाउपालिका अध्यक्ष झँकर बहादुर साउद(भाष्कर)ले बत्ती जलाएर उदघाट्न गर्नु भएको हो ।
बत्ती जलाईसकेपछी अध्यक्ष साउदले मुजाबगरमा व्यापारी र स्थानीय गरि ४३ जनालाई विद्युत मिटर समेत हस्तान्तरण गर्नु भएको थियो । बाढी पहिरो पछि सबैको सहयोगमा अबरुद्ध विद्युत सेवा सूचारु गर्न सफल भएको उहाँको भनाइ छ ।
वडादशैँ अगाडी नै आफ्नो विद्युत पुर्याउने लक्ष्य रहेको र सोही अनुरुप १० दिन अगाडी मुजाबगरमा राष्ट्रिय प्रशारण लाईनको विद्युत बालिएको भन्दै अध्यक्ष साउँदले तीब्रताका साथ विद्युत पुर्याउन सहयोग गर्ने कर्मचारी तथा सबै सरोकारवालालाई उहाँले धन्यवाद दिनु भयो ।
अब चाँडै खालबजार हुँदै भटाकाटिया र बाटुलासैनमा समेत बत्ति पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । बिनासकारी बाढीले तहसनहस बनाएको सडकको मर्मत गरेर अहिले सुचारु गरिसकेको बताउदै गाउँपालिकालाई पुरानै अवस्थामा फर्काउनको लागि सिंगो गाउँपालिका निरन्तर रुपमा लागिरहेको बताउनुभयो ।
सबैलाई विद्युत सेवाको पहुँचमा पुर्याउन आफुहरु लागिरहेको नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका प्रमुख विजय राज रेग्मीको भनाइ छ ।
Discussion about this post