जिल्लाको विकासबारे संसदमा आवाज उठाईरहेको : साँसद बोगटी

18
SHARES
101
VIEWS

होम साउद, अछाम । मंगलसेन नगरपालिका वडानम्वर ३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र को नवनिर्मित भवनको उदघाटन गरिएको छ । सेवा केन्द्रको भवन निर्माण भई सेवा सुरु भईसके पश्चात प्रतिनिधिसभा सदस्य यज्ञ बहादुर बोगटीले उदघाटन गर्नुभएको हो । ब्यावस्थापन समिति अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै साँसद बोगटीले जिल्लाको स्वास्थ्यको अवस्था, विकास निर्माण र समसामयिक विषयमा आफुले संसदमा आवाज उठाईरहेको बताउनुभयो । सुखि नेपाली समृद्ध नेपालको नारा सफल पार्न यस्तै विकास निर्माणका संरचना निर्माण गर्ने सरकारले लक्ष राखेको बताउनुभयो । आफु निर्वाचित भएको पहिलो आर्थिक वर्षमै २ नम्वर क्षेत्रमा १३ वटा आधारभुत स्वास्थ्य केन्द्रका भवन निर्माणका लागि बजेट पारेको जानकारी गराउनुभयो । साँसद बोगटिले ४२ लाख लागतमा वनेको भवन बजेट अनुसारको उपयुक्त नदेखिएको भन्दै असन्तुष्टि समेत पोख्नुभयो । यस्तै ढकारि, तुर्माखाद, बिनायक कमलबजार र जिल्ला अस्पतालमा प्रभावकारी स्वास्थ्य सेवाका लागि विशेष पहल गरेको बताउनुभयो । खक्रौला देखि हिल्सा जोड्ने कर्णाली करिडोर, मंगलसेन देखि जंगलघाट चिसापानी छोटो मार्ग लगायत अन्य सडक संरचना निर्माणका लागि आफुले पहल गरेको उहाँको भनाइ छ ।

कार्यक्रमका बिशिष्ट अतिथी तथा मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले आफुहरुले चुनावताका गरेका बाचा अनुरुप स्वास्थ्य र कार्यक्रमका विशिष्ट अतिथि शिक्षाका क्षेत्रमा आवश्यक पूर्वाधार विकास गरिरहेको बताउनुभयो । नगरले आधारभुत स्वास्थ्य केन्द्रबाट सेवा सुरु गरिदिएको र अब सफल बनाउनका लागि स्थानीय समुदायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । बनेका संरचनाको अपनत्व ग्रहण गरि प्रभावकारी र गुणस्तरीय सेवाका लागि स्थानीय समुदाय अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

उदघाटन कार्यक्रममा वडानम्वर ३ का अध्यक्ष पदम सिंह भाट, मंगलसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर सोडारिले शुभकामना मन्तब्य राख्नुभएको थियो भने स्वास्थ्य सेवा केन्द्रका ईञ्चार्ज प्रवेश भण्डारीले हालसम्म भए गरेका क्रियाकलाप बारे जानकारी सहित सेवा सुरु गरेदेखी हालसम्म २५० जनालाई सेवा प्रदान गरेको उल्लेख गर्नुभयो । स्वास्थ्य ब्यवस्थापन समिति सदस्य रंगबहादुर बोगटीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन वडा सचिव बालकृष्ण ढुंगानाले गर्नुभएको थियो । यसैविच सोही कार्यक्रमको अवसरमा स्वास्थ्य सेवा केन्द्रका लागि ३ रोपनी जग्गा दान गर्ने जग्गा दाता दिलिप बोगटीलाई सम्मान समेत गरिएको छ । साँसद बोगटी र नगरप्रमुख बोहराले प्रमाणपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मानीत गर्नुभएको थिायो ।

भवन उदघाटन कार्यक्रममा सिनियर अहेब तेज बहादुर साउद, नेकपा नगर कमिटी सदस्य चक्र साउद, नेपाली काँग्रेस नगर उपसभापति राजेश बोगटि,नेकपा वडा कमिटी अध्यक्ष भिम बोगटि, नेपाली काँग्रेस वडा कमिटी सचिव दल बहादुर बोगटी लगायतका अतिथी रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार