हेलिकप्टर मार्फत अछाममा गर्भवती महिलाको  उद्धार

40
SHARES
220
VIEWS

अछाममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको उद्धार गरिएको हो ।

स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको बारला स्वास्थ्य चाैकी इन्चार्ज जितेन्द्र केशीले बताउनुभएको छ ।

विहिवार बेलुका सुत्केरी ब्याथा लागेकी बिककाे पेट भित्रकाे बच्चा तेस्राे रहेकाेले बारला स्वास्थ चुकीमा सम्भव नभएपछि सुर्खेत रेफर गरिएकाे केशीले जानकारी दिनुभयो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सुत्केरी व्याथा लागेकी महिला लाई उद्धार गरी अछाम बाट सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार