सन्दीप लामिछाने लंका प्रिमियर लिगको छनोटमा पर्न सफल

30
SHARES
166
VIEWS

नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्न सफल भएका छन्। ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्।

सन्दीप हाल इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटलमा आबद्ध छन्। यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपिएलको ड्राफ्टमा परेका छन्। सुमन हाल अष्ट्रेलियामा छन्। गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन्।

आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए। लंका लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ। श्रीलंका क्रिकेट बोर्डले पहिलो पटक लंका प्रिमियर लिग आयोजना गर्दैछ। उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार