काठमाडौ । सोमबार मन्त्रिपरिषदको ऐतिहासिक निर्णयपछि नेपालको भूगोल बढेको छ । नेपाल सरकारले पहिलो पटक नेपालको नक्सालाई पूर्णता दिएसँगै भूगोलपनि बढेको हो । भारतले अतिक्रमण गरेको भूमिलाई पनि नेपालको नक्सामा समेटेर नयाँ नक्सा लागू भएको छ । लिम्पियाधुरादेखि लिपुलेकको अतिक्रमित जग्गा नेपालले अब आफ्नो नक्सामा समावेश गर्नेछ ।
योसँगै नेपालको संविधान, निशाना छापमा भएको तस्वीर र हामीले प्रयोग गर्दै आएका सबै नेपालका नक्साहरुमा परिवर्तन आउने भएको छ । नेपालको नक्सामा परिवर्तन आउनु भनेको हाम्रो क्षेत्रफलमा पनि परिवर्तन आउनु हो ।
यसअघि हामीले नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमीटर भनेर पढ्दै आएका थियौँ । अब यसअघि नसमेटिएको भूमि पनि समावेश भएपछि नेपालको नयाँ क्षेत्रफल पनि कायम भएको छ । अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ४ सय ९१ वर्ग किलोमीटर हुनेछ । यो जानकारी सबैमा सेयर गरौँ । नेपाली हुनुमा गर्व गरौँ ।
Discussion about this post