यस्तो छ लिम्पियाधुरालगायत भूमि समेटेर नेपालले जारी गरेको नयाँ नक्सा

29
SHARES
159
VIEWS

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार नेपालले लिम्पियाधुरालगायत भूभाग समेटेर नेपालले नयाँ नक्सा जारी गर्ने निर्णय गरेको छ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभी, लिपुलेकसहितका क्षेत्र नयाँ नक्सामा समेटिएको छ। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो।भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेर सडक बनाएको तथा सीमा क्षेत्रमा आफ्नो सैनिक राखेपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ।

नेपाल सरकारले भारतको यस कदमप्रति असहमति जनाउँदै आएको थियो। शुक्रबार जारी सरकारको नीति तथा कार्यक्रममा नेपालले ती भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा समेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार