कोरोना संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार बढी संक्रमित

367
SHARES
192
VIEWS

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर हालसम्म ९६ जना नेपालीले ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

त्यसैगरी, अमेरिकामा कोरोनाकै कारण १५ जना नेपालीको मृत्यु भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ। समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला छन् । यो सातामात्र नेपालसहित थप १८ जनाको मृत्यु भएको हो । यस साता ज्यान गुमाउनेहमा युकेमा १२, युएईमा ३, साउदी अरबमा २ र नेपालमा १ रहेको एनआरएनएले जनाएको छ ।

संक्रमित हुनेमा नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपाली रहेका छन् । संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार