अछाम । हेलिकप्टरमार्फत उद्धार गरिएकी अछामकी गर्भवतीले जुम्ल्याहा बच्चा जन्माएकी छन्। जिल्लाको तुर्माखाँद गाँउपालिकाको उनलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएको हो।
उनले एउटा बच्चा तुर्माखाँदमा र अर्को कर्णाली अस्पतालमा जन्माएकी हुन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग तथा तुर्माखाँद गाँउपालिकाको पहलमा उनको उद्धार गरिएको हो।
सुत्केरी व्यथा लागेपछि तुर्माखाँद स्वास्थ्य चौकीमा लगिएकी उनको एउटा बच्चा जन्मिएपनि पेटमा रहेको अर्को बच्चा भएकाले जन्माउन समस्या भएपछि हेलिकप्टर बोलाइएको गाँउपालिकाका खेलकुद शाखा संयोजक कमल बुढाले बताए।
तुर्माखाँद गाउँपालिकाकी अनमी देवकी शाहीका अनुसार अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको छ। सुत्केरी महिलालाई भोलि डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।
Discussion about this post