कपिलवस्तुमा २ युवामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

12
SHARES
69
VIEWS

काठमाण्डौ । कपिलवस्तुमा थप दुई २ जनामा कोरोना सङ्क्रमितको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमित पुष्टि हुनेको संख्या १ सय १ पुगेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले हिजाे पुष्टि गरेको कपिलवस्तुका दुई जना कोरोना संक्रमित ७ दिनअघि मात्रै भारतबाट आएको खुलेको छ ।

१६ र २२ वर्षका दुई संक्रमित लकडाउनकै समयमा सिमानाबाट लुकिछिपी प्रवेश गरेको मायादेवी गाउँपालिकाले जनाएको छ । उनीहरु सीमासम्म मुम्बईदेखि हिँड्दै आएका थिए ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार संक्रमित दुवैजना मायादेबी गाउँपालिकाका हुन् । उनीहरु वडा नं. १ को पकडी स्थित छत्रपाली तीर्थादेवी माध्यमिक विद्यालयको क्वारेनटाइमा बस्दै आएका थिए । उनीहरु दुवैजना भारतको मुम्बईबाट लुकीछिपी नेपाल छिरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार