लकडाउनको अवधि थपिने पक्का, आज निर्णय हुने

12
SHARES
66
VIEWS

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई जारी राख्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो।

लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको भन्दै यसलाई निरन्तरता दिने निर्णय भएको हो। कति दिनलाई थप्ने भन्ने निर्णय भने आजको मन्त्रीपरिषद्को बैठकले गर्नेछ। सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष बैठकले निकालेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार