एकैदिन १६ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

33
SHARES
184
VIEWS

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार नेपालगञ्ज –८ का १६, २१, ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आज (आइतबार) नै नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको थियो।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो।

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्। उपचाररतहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार