हामी प्रधानमन्त्री ओलीको राजीनामा माग्दैनौं, अब एकताबद्ध भएर जान्छौं : झलनाथ खनाल

27
SHARES
148
VIEWS

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्ने स्पष्ट पारेका छन् । आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आत्माआलोचना गरेको र अबदेखि पार्टीका सबै निर्देशन मान्ने र सोहीअनुसार चल्ने प्रतिबद्धता गरेकोले राजीनामा नमाग्ने उनले स्पष्ट पारेका छन् । सचिवालय बैठक सकिएलगत्तै प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले आफूहरुले अल्पमतमा परेर सम्झौता भने नगरेको जिकिर गरे । उनले भने,”विल्कुलै अल्पमतमा परेर सम्झौता गरेको होईन । दुवै पक्षले रियलाईजेशन गरेको हो । दुवै पक्षले सांसदहरुलाई हस्ताक्षर गर्ने अभियान चलाउन थालिसकेका थिए । सांसदहरुलाई हस्ताक्षर गर्ने अभियानमा पुगेका थियौं । हामीले जनताको कुरा सुन्यौं । यसले देशलाई नोक्शानीतर्फ लैजान्छ भन्ने सोचेर एकता भएर जानुको विकल्प छैन भन्ने अनुभुति गरेका हौं ।” आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले अबदेखि पार्टीको निर्देशन मानेर काम गर्छु भनेर प्रतिबद्धता जनाएकोले अब सरकारले नयाँ ढंगले काम गर्नेमा आफूहरु विश्वस्त रहेको पनि उनले सुनाए । उनले भने-“अब सरकारको कार्यशैली हेर्न बाँकी छ ।”

उनले अब पार्टी एकताबद्ध भएर अघि बढ्नेबारे पनि ढुक्क हुन आम नेता तथा कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । आजको सहमतिसँगै पार्टीको एकीकरणको कामलाई चाँडो सम्पादन गर्दै अघि बढ्ने पन उनले स्पष्ट पारे । अब बस्ने स्थायी कमिटीको बैठकमा सचिवालयभन्दापनि गहन र गम्भिर ढंगले छलफल हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार