अछाम । भारतको धार्चुलाबाट एक महिनापछि उद्धारगरि ल्याईएका अछामका ५० जना क्वारेन्टाईनमा राखिएको छ । दार्चूला सिमानाका भएर ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाका गरि ल्याईएका ५० जनालाई क्वारेन्टाईनमा राखिएको हो ।
ढकारीका गाउपालिकाका ३२ जना र तुर्माखाद गाउपालिकाका १८ जना रहेका अछामका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताउनु भयो । अछाम पुगिसेकपछि सम्बन्धीत स्थानिय तहलाई जिम्मा लगाएर क्वारेन्टाईनमा राख्ने प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी पौड्लले बताउनु भयो ।
ढकारी गाउँपालिकाका ३२ जनालाई अहिले गाउपालिका नजिकै रहेको गुरुकुल माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर वलिले बताउनु भयो । गाउपालिकाका विभिन्न वडामा अझै पनि ६ जना क्वारेन्टाईनमा रहेका उहाँले बताउनु भयो । उता तुर्माखाद गाउपालिकाका १८ जना सबै वडा नम्बर १ रहफका भएको बताईएको छ ।
उनिहरु सबैलाई वडा अध्यक्षको जिम्मा लगाएर वडाको क्वारेन्टाईनमा राखिएको तुर्माखाद गाउपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताउनु भयो । तुर्माखाद गाउपालिका पनि सबै वडामा गरि ७० जना क्वारेन्टाईनमा बसिरहेका अध्यक्ष शर्माले जानकारी दिनु भयो ।
Discussion about this post