चन्द्र प्रसाद भाट,अछाम
बिश्वभर फैलिरहेको कोरोना भाईरस तथा (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनमा परेका ज्याला मजदुरी गरी जिबिको पार्जन गर्ने नागरीकहरु लाई मँगलसेन नगरपालीका वडा नः ५ बस्ने यूवा ब्यवशायि तेज प्रसाद ढुँगानाले आफ्नो छोरा यलम ढुँगानाको जन्मदिनको अवशरमा मँगलसेन नगरपालीका वडा नः ६ मा रहेका २३ दलित परीवार लाई राहात बितरण गर्नुभएको छ ।
यूवा ब्यवशायि ढुँगानाले सँकटको समयमा समस्यामा परेका नागरीक हरुलाई थोरै भएपनि राहात बितरण गरी आफ्नो छोराको जन्मदिन मनाउनु भएको हो । जन्मदिनको अवशरमा हुने फजुल खर्च लाई कटौती गरी गरीब,दीन दुखी को घाउमा मलह्म लगाउनु नै आफ्नो खुसि भएको ढुँगानाको भनाई छ ।
सोहि कार्यक्रममा वडा नः ६ मा रहेको शिबशक्ति कृषि सहकारी सस्थाले पनि ४० केजि दाल सहयोग गरेको सँस्थाका अध्यक्ष लोकराज भण्डारीले जानकारी दिनुभयो । यूवा ब्यवशायि ढुँगाना र कृषि सहकारी सस्थाको सहयोगमा आज राहात बितरण गरीएको वडा अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभयो ।
देशैभर लकडाउनले गर्दा समस्यमा परेका नागरीकहरु लाई राहात बितरण गर्ने कार्यमा यतिबेला सस्थागत तथा ब्यक्तिगत रुपमा पनि राहात बितरण भैरहेका छन । वडामा रहेका २३ दलित परीवार लाई प्रति ब्यक्ति २० केजि चामल,१ केजि दाल,१ केजि नुन,१ पोका तेल र १ पिस हात धुने साबुन बितरण गरीएको वडा अध्यक्ष भण्डारीले बताए । वडा नः ६ को ठुलासैन बजारमा सामाजिक दुरी कायम गर्दै राहात बितरण गरीएको बताईएको छ ।
दैनिक मजदुरी गरी छाक टार्ने नागरीक हरु यतिबेला लकडाउनले काममा फर्किन नसकेपछि उनिहरु समस्यामा परीरहेका छन । यति बेला समस्यामा परेका नागरीक हरु लाई सहयोग गर्नू हामी सबैको दायित्व हो । यतिबेला अछामका स्थानिय तहहरुले पनि राहातका कार्यक्रमहरु धमाधम अगाडी बढाईरहेका छन ।
तर कतिपय स्थानिय तहहरुले राहातका नाममा गुजे्रका खाद्यान्नका सामाग्री पनि बितरण गरीरहेको पाईएको छ । यसरी समस्यामा परेका नागरीकहरु लाई उपभोग गर्न नमिल्ने खालका खाध्य सामाग्रीहरु बितरण गरी जनताको स्वास्थ्य प्रति खेलवाड गर्न कसैलाई पनि अधिकार छैन । यसरी जनता लाई राहातका नाममा स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका खाद्यबस्तु बितरण गर्ने स्थानिय तहहरु लाई कार्बाहिको दायरामा ल्याउन उपभोक्ता आफै सचेत बन्नु पर्दछ ।
Discussion about this post