अछामका रावतकाे भारतमा हत्या

84
SHARES
466
VIEWS

अछाम । अछामका एक जनाकाे भारतमा हत्या गरिएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ९ मष्टाबण्डाली घेगडका ५० बर्षिय जुक्ते रावतकाे भारत हरियाणा राज्यकाे यमुनानगरमा हत्या गरिएको हाे ।

मंगलबार राती ड्युटीमा रहेको बेला एक जना भारतीयले आक्रमण गरी गम्भीर घाइते भएका निजको उपचारका लागि पि जि आई हस्पिटल चण्डीगढ लैजाने क्रममा हरियाणाको पंचकुला भन्ने ठाउँमा आज बिहान पाँच बजेतिर निधन भएको उहाँका नाति धिरज रावतले जानकारी दिनुभयाे ।

गम्भीर कुटपिट गरि नालिमा फ्याक्ने क्रममा प्रहरीले देखेर हत्यारालाई समेत पक्राउ गरि प्रहरी चाैकीमा राखिएको उहाँले बताउनुभयो । ३ दशक बढी समयदेखि भारतमा काम गर्ने गरीरहेका मृतक पछिल्लो समय विगत ४ बर्षदेखि भारतमा रहेका थिए ।

मृतकका २ छाेरा र १ छाेरी रहेका आफन्तले जनाएका छन् । हत्यारालालाई कडा कारवाहीकाे माग गरिएकाे हाल भारतमै रहेका मृतकका भाइ शेर बहादुर रावतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार