अछाम । सन्तनिरकारी मंण्डल नेपाल शाखा अछाम साँफेबगरले ५१ हजार १ सय रुपैया साँफेबगर नगरपालिकाको कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषमा सहयोग गरेको छ । अछाम शाखाका प्रमुख जय बहादुर साउद उक्त रकम साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो ।
मानवियता नाताले सन्त महात्माबाट स्वेच्छिक रुपमा रकम जम्मा गरेर सहयोग गरेको शाखा प्रमुख साउदको भनाई रहेको छ । सामाजिक भावनाबाट नगरपालिकाको कोरोना प्रकोप कोषमा सहयोग गरेकोमा सन्तनिरकारी मण्डललाई धन्यवाद दिनुभयो ।
नगर प्रमुख कुँवरले परोपकारी व्यक्तिलाई नगरको प्रकोप कोषमा सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ । उहाँले सहयोगिदातालाई सहयोग गर्ने मनभए नगरपालिकाको प्रकोप कोषमा सहयोग गर्न आग्रह गर्नुभयो । सहयोग गर्दा छुट्टछुट्टै नभई एकद्वार प्रणालीबाट सहयोग हुनुपर्ने नगर प्रमुख कुँवरको जोड रहेको छ ।
रकम हस्तान्तरण कार्यक्तममा नगर उपप्रमुख विर्मलादेवि वुड्थापा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख पुष्प वुढा, सन्तनिरकारी मण्डल साँफेबगर शाखाका आर्थिक विभाग प्रमुख खम्म कुँवर, सन्तनिरकारी मण्डलका मोति वुढा लगायतको सहभागिता रहेको थियो । रेडियो जनप्रियबाट
Discussion about this post