रुखबाट लडेर घाईते भएकी बाजुराकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार

137
SHARES
763
VIEWS

बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार