सरकारले लकडाउनका विषयमा आज निर्णय गर्ने

35
SHARES
193
VIEWS

सरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो ।

त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड(१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ ।

झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार