क्वारेन्टाइन ब्यवस्थापनका सामाग्री हस्तान्तरण

28
SHARES
154
VIEWS

नरेश कुमार शाही , अछाम । वल्ड भिजन इन्टरनेसस्नल नेपाल ,आस्था नेपाल र वाक नेपाल द्वारा जिल्ला बिपद ब्यबस्थापन समिती लाई क्वारेन्टाइन ब्यबस्थापन गर्नका लागि आबस्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।

९० थान ब्लाङकेट,९० थान डोरी,९० थान त्रिपाल र ९० थान मच्छर झुल गरी ४ लाख भन्दा बढी मुल्य बराबरका सामाग्री प्रमुख जिल्ला अधिकारी लाइ हस्तान्तरण गरेको हो । पछिल्लो समय अछाम जिल्लामा कोरोना भाइरस को जोखिम बढीरेका बेला जिल्ला भन्दा बाहीर भारत तथा अन्य मुलुकबाट जिल्ला भित्रिनेहरुलाइ क्वारेन्टाइनमा राख्दा पर्न जाने असुबिधालाइ ध्यानमा राख्दै क्वारेन्टाइन ब्यवस्थापका लागी आवश्यक पर्ने साामाग्रीहरु हस्तान्तरण गरेका आस्था नेपालका जिल्ला प्रशन्धक रुपक चन्द ले बताउनु भयो ।

सामाग्री बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुवंर,मंगलसेन नगरपािलकाका प्रमुख पदम बहादुर बोहरा,नेपाल कम्पुनिष्ट पार्टि(नेकपा) का कार्यालय सचिव नम राज न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी दिपक भारती, स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना,जनस्वास्थ्य अधिकृत झपट ढुंगाना लगाएतको सहभागीता रहेको थियो ।

जिल्लाका बिभिन्न स्थानियतह लगाएत अन्य ब्यक्ति संघ संस्थाहरुले बितरण गर्ने बिभिन्न प्रकृतिका राहात का सामाग्रीहरुको एकद्धार प्रणाली नभएको भनेर जनगुनासो आइरहेका बेला जेसीज अछाम र वल्ड भिजन इन्टरनेसस्नल नेपाल , आस्था नेपाल र वाक नेपाल ले प्रमुख जिल्ला अधिकारी मार्फत सामागीहरु ह्स्तान्तरण गरेको थियो ।

हिजो आज अछाम जिल्लामा भारत तथा अन्य मुलुकबाट अधिकाँस व्यक्ति घर फर्केपछि अछाम जिल्लामा कोरोना रोगको सम्भावित उच्च जोखिममा रहेको जिल्लाका सरोकारवालाहरुले विश्लेषण समेत गर्न थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार