चन्द्र प्रसाद भाट,अछाम ।
बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण लगाईएको लक्डाउन मा जनता समस्यामा परेपछि अछामको कमलबजार नगरपालिकाले राहत बितरण कार्यक्रम लाई तीव्रता दिएको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गरि जिबिको पार्जन गर्ने परीवार हरुलाई छनौट गरि राहत बितरण गरीरहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा कमलबजार नगरपालिकाका १० ओटै वडामा ४३४ घर परिवारलाई छनौट गरि राहत बितरण गरीरहेको नगरपालिका प्रमुख ओम प्रकाश बिस्टले जानकारी दिनुभयो । लकडाउनले दैनिक कामकाज प्रभावित भएपछि समस्यामा परेका जनताहरु लाई केही मात्रामा भएपनि सहयोग पुग्ने उप प्रमुख भमिशरण ढकाल बजगाँईले बिश्वास व्यक्त गर्नुभयो ।
हिजो मात्रै नगरपालिकाको वडा न: १,२ र ८ मा करिब १५० परीवारलाई राहत बितरण गरिएको उप प्रमुख बजगाँईले जानकारी दिनुभयो । नेपाल सरकारले तोकेको राहतको मापदण्डअनुसार नै नगरपालिकाले राहतको कार्यक्रम अघि बढाएको पनि उनको भनाइ छ । जस अनुसार परीवारमा १ जना मात्रै छन भने निजलाइ १५ किलोग्राम चामल,साढे १ किलोग्राम दाल,१ प्याकेट साबुन,१ लिटर तेल र १ किलोग्राम नुन बितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।
यस्तै परीवारमा २ जना भन्दा बढी सदस्य हरु छन भने उनीहरूलाई ३० किलोग्राम चामल,३ किलोग्राम दाल,१ किलोग्राम नुन र २ लिटर तेल बितरण गरीदैँ आएको नगरपालिकाले जनाएको छ ।
राहत बितरण कार्यक्रम अन्तर्गत आज नगरपालिकाको वडा न : ६,७,९ र १० मा बिरतण गरीने पनि उप प्रमुख बजगाँईले जानकारी दिनुभयो । सँघिय सरकार र प्रदेश सरकारको राहत बितरण मापदण्ड अनुसार नगरपालिका भित्रका गरीब,बिपन्न,असहाय,टुहुरा,बेसाहारा एकल महिला,जेष्ठ नागरिक,अपांग,फरक क्षमता भएका परीवारको नामावली सँकलन गरि राहत बितरण कार्यक्रम लाई अगाडि बढाईएको पनि नगरपालिका ले जनाएको छ । राहत बितरणमा कुनै विवाद नहुने गरि नामावली सँकलन गरि नगरपालिकामा पठाएको वडा अध्यक्षहरुले बताएका छ्न ।
कोरोना बाट सुरक्षित रहन नगरपालिकाले विशेष सतर्कता अपनाएको भन्दै सरकारले लागू गरेका सबै नियमहरु लाई पालना गरि सभ्य नगरीकको परिचय दिन पनि नगरपालिकाले आग्रह गरेको छ । कोरोनाको जोखिमका विरुद्ध सबै जनप्रतिनिधि,कर्मचारी,राजनीतिक दल,सँघ सँस्था लागिपरेको भन्दै आम नागरिक लाई नआँत्तिन नगरपालिकाले निरन्तर सुझाव दिइरहेको पनि नगरपालिकाले जनाएको छ । यो समयमा अनावश्यक हिडडुल नगर्न,एक अर्का सँग भेटघाट नगर्न,नियमित सरसफाइमा ध्यान दिन,मास्कको प्रयोग गर्न पनि नगरपालिका बासिमा आग्रह गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिस्टले जानकारी दिनुभयो ।
Discussion about this post