कैलालीमा बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला, हत्याको आशंका

146
SHARES
813
VIEWS

कैलालीमा एक बोर्डिङ स्कुलका प्रिन्सिपल मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका हुन्। गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्याीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार राती पौने १२ बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको हो। ‘मध्यराती हामीलाई जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको छ। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको छ। घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टको टोली पनि गईरहेको छ।’

स्थानीयका अनुसार उनी साईकलमा पहलवानपुरबाट घर तर्फ गईरहेका थिए। घटनास्थलमै रहेका एक स्थानीयले भने, ‘घर तर्फ गईरहेको भुसालको शव विपरित साईडमा फेला परेको छ। शरिरका धेरै ठाउँमा चोट पटक देखिएको छ। हत्या नै भएको हुनसक्छ।’ घटनास्थल नजिकै सशस्त्र प्रहरीको पोष्ट पनि रहेको छ। दिनेश खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार