अछाममा कोरोनाको आशंका गरिएका एकजनाको रिर्पाेट नेगेटिभ

16
SHARES
89
VIEWS

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका एक २० वर्षीया युवतिको पिसिआर चेकमा कोरोना नेगेटिभ आएको छ । र्या्पिड टेष्ट पोजेटिभ देखिएका ती युवतिको स्वाव सकलन गरेर धनगढी लगिएको थियो । धनगढीबाट ल्याब रिपोटबाट नेगेटिभ आएको वयलपाटा अस्पतालका मेडिकल निर्देशक डा. विकास गौचनले जानकारी दिनुभयो ।

यस्तै उनि सँगै अन्य ६ जनाको स्वाव पनि धनगढीमा पिसिआर चेकको लागि पठाएकोमा सवैको कोरोना नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको नेतृत्वमा खटिएको टोलीले तीन अघि बान्नीगढी जयगढ गाउँपालिकाका ७१ जनामा आरडिटि टेस्ट गरिएको थियो ।

उक्त टेस्टमा एक युवतिको पोजिटिभ आएकोमा धनगढीको ल्याब रिपोटबाट रिपोट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि ती युवतिलाई डिस्चार्ज गर्ने तयारी भईरहेको वयलपाटा अस्पतालको मेडिकल निर्देशक डा. गौचनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार