नेकपा तुर्माखाँदले राहत कोष स्थापना गरि समस्यामा परेकालाई सहयोग गर्ने

154
SHARES
110
VIEWS

टेकराज भण्डारी , अछाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुर्माखाँद गाउँकमिटी अछामले कोरोना भाईरस रोकथामका लागि लगाईएको लक डाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्न गाउँ कमिटीको तर्फबाट राहत कोष स्थापना गर्ने भएको छ । गत चैत्र ११ गतेदेखि लगाईएको लकडाउन जारि रहेको र अझै लम्बिने अवस्था रहेकाले न्यून आय भएका, गरीब, दैनिक ज्यालादारी मजदुर, असहाय, फरक क्षमता भएका व्यक्तिहरुको राहतका लागि नबिल बैंक तुर्माखाँद शाखामा खाता खोली कोष सञ्चालन गर्ने निर्णय गरिएको छ ।

नेकपा तुर्माखाँद गाउँ कमिटी अध्यक्ष धरणीधर जैसीको अध्यक्षतामा सामाजिक दूरी कायम गरि बसेको कार्यालय बैठकले विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीका लागि सहयोग रकम समेत तोकेको छ । जसमा गाउँपालिका कार्यालय सदस्यलाई १५ सय, गाउँपालिका सचिवालय सदस्यलाई १ हजार र गाउँकमिटि सदस्यलाई ५ सय सहयोग रकम तोकेको छ । बैठकले अन्य जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्तालाई पनि राहत कोषमा सहयोग गरिदिन अनुरोध गरेको छ । राहत कोषको व्यवस्थित सञ्चालन गर्न समेत बैठकले जिम्मेवारी तोकेको छ ।

गाउँपालिका ईन्चार्ज पदम बुढको विशेष उपस्थिति रहेको बैठकले गाउँपालिकाबाट भारत, तेस्रो मुलुक, जिल्ला बाहिर तथा सीमा क्षेत्रमा रहेका व्यक्तिहरुको विवरण संकलन गरि स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयोग तथा उद्दारका लागि पहल गर्न आग्रह गर्ने तथा आफ्नो तर्फबाट पनि सहयोग गर्ने निर्णय गरेको छ । बैठकले कोरोना भाईरसका कारण वितरण हुन नसकेको सामाजिक सुरक्षा भत्ता सुरक्षित र व्यवस्थित वितरणका लागि गाउँपालिकालाई आग्रह समेत गरेको छ । लकडाउनका कारण भैरहेको र हुनसक्ने कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने माग समेत गरेको छ ।

बैठकले एकद्वार प्रणालीबाट राहत वितरणमा जोड दिँदै नेकपा अछामका सचिवालय सदस्य तथा ढकारी गाउँ कमिटी ईन्चार्ज नवराज साउँदकि आमा धर्मीदेवि साउँद लगायत अन्य दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेको गाउँ कमिटी सचिव गौमती शाहीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार