चारैतिर कर्णाली नदीको घेरो, अग्ला भिरपाखा । नत सडक सञ्जाल नै छ, नत कुनै आम्दानीको स्रोत । कोही गाउँमा एक्कासी बिरामी भयो भने झारफुक बाहेक विकल्प छैन् ।
चामल किन्न त दुई तिन घण्टा पैदल भिरपाखा छिचोल्नु पर्ने पुस्तौँ देखिको समस्या । यति मात्र हैन्,नत कुनै कुरामा आत्मनिर्भर नै ठाउँ नत राज्यका सेवा सुविधा नै प्रयोग गर्न पाउँछन,् अछामको तुर्माखाँद गाउँपालिका –१ रहफबासि । थुप्रै समस्याले थला परेका रहफबासिका दुःख माथि दुःख थपिदिएको छ, लकडाउन अथवा बन्दाबन्दीले । वडातहमा आजत–जावत हुने दुई नाका बन्द हुँदा रहफबासिमा अहिले दैनिक अत्यावश्यक आवाश्यकता परिपुर्ती गर्न असहज वातावरण सिर्जना भएको छ ।
दैलेखको दुल्लु नगरपालिकाले तल्लो डुङ्गेश्वर–रहफ जोड्ने झोलुङ्गे पुल लक गर्दा सिङ्गो रहफबासिलाई दैनिक उपभोग्य सामाग्री किन्न समस्या भएको हो । ‘हाम्रो एकमात्र व्यापारी केन्द्र भनेको नै कर्णाली पारी दैलेखको डुङ्गेश्वर हो,’ स्थानीय प्रेमबहादुर शाहीले भने्,‘ त्यही नाका लक हुँदा घरमा भएको चामल, नुन, तेल सकियो भने कहाँ देखि ल्याउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।’ गाउँपालिकाको केन्द्र जान तिन दिन लाग्छ ,’उनले भने्, तिन घण्टा पैदल ओरालो–उकालो हिँडेरै भयपनि डुङ्गेश्वर जान्थेम ।’
वडा सदस्य समेत रहेकी स्थानीय मैनकला रावलले ‘लकडाउनले दुःख माथि दुःख थपेको गुनासो सुनाईन् ।’ गाउँका युवाहरु जति रोजगारीको शिलसिलामा भारत गएका छन्,‘हामी महिला कन् क्या आई प¥यो यसो ,’दुःखी हुँदै उनी भन्छिन् । अरु ठाउँबाट खाद्यान्न ढुवानी गरिसक्ने अबस्था पनि छैन् । चारैतिर नदी छ, २ ठाउँमा भएका झोलुङ्गे पुल बन्द छन् । लकडाउन थपिएकाले निकै समस्या थपिएको छ ,’उनले भनिन् । रोग आयो भनेर पुल बन्द भया हामीकन् रोग र भोग दुबै आयो ।
साबुन वितरण गरेर के गर्नु पानी ल्याउन् नै एक घण्टा टाढा जानुपर्छ । वडाभरी ४३ सय जनसँख्या रहेको छ, भने ८ सय ३१ घरधुरी सँख्या रहेको वडा सचिव जनक थापाले जानकारी दिए । दलित जनजाती, क्षेत्री ठकुरी लगायत जातजातिहरुको बसोम्बास रहेको यहाँ दलित, क्षेत्रीहरुको बाहुल्यता धेरै छ । ८० प्रतिशत युवाहरु रोजगारीका शिलसिलामा भारत छन्, लकडाउन हुनु भन्दा पहिला मात्र ३५ जना जति गाँउ फर्किएको वडापालिका संग तथ्याङ्क छ । सचिव थापाका अनुसार दुर्गम क्षेत्र भएकाले समस्या समाधान गर्न कठिनाई छ । वडातहबाट केही पहल गरेपनि नाका बन्द छन् ।
‘भाईरसबाट बच्नका लागि ४१ सय मास्क, ८ सय २१ जति हातधुने साबुन वितरण गरियो, गाउँगाउँमा सचेतनाका लागि माईकिङ् गरियो, ५ बेडको विद्यालयका क्वारेन्टाईन पनि बनाईयो,’वडा अध्यक्ष थिरबहादुर रावलले भने, ‘वडाले केहि दिन अघि मात्र ७२ जनालाई केही मात्रामा वितरण गरेको राहत पनि एकजना साहु सँग सम्पर्क गरेर साहुले झोलुङ्गे पुल सम्म बोकेर ल्याईदिनुभयो हामीले त्यहाँबाट बोकेर ल्याएका थियौँ ।’ त्यही राहत पनि प्रहरी,वडाका कर्मचारी र दुल्लु नगरपालिका संग समन्वय गरेर ल्याईएको हो,‘तर अहिले त पुर्ण रुपमा बन्द गरिएको उनले बताए ।
‘हाम्रो अबस्था नाजुक छ, सबैभन्दा ठुलो चुनौति भनेको स्वास्थ्य क्षेत्रको छ्, एम्बुलेन्स पनि छैन्, भएपनि सडक छैन्, एक दुईजना अहेव मात्र हुनुहुन्छ ,’वडा अध्यक्ष रावले भन्छन्, यो विषम परिस्थितीमा ठुलो महासंकट देखिने अबस्था छ । ‘अहिले त्यति समस्या केही नदेखिएर मात्र हामी बचेको आभाष पाईरेहका छौँ ।’ जिल्ला मुकाम देखि करिब ३० कोष भन्दा धेरै टाढा रहेको यो ठाउँको भौगोलिक विकटता नै मुख्य समस्या भएको रावले बताए ।
तुुर्माखाँद गाउँपालिकाले दुल्लु नगरपालिका सँग र अछामको प्रमुख जिल्ला अधिकारीले दैलेखको जिल्ला अधिकारी सँग सम्पर्क गरी अत्यावश्यक बस्तुका लागि नाका खोल्ने समन्वयन भईरहेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भण्डारीले पहिलो चरणमा केही मात्रामा राहत वितरण भएको र थप राहत वितरणका लागि पहल भईरहेको बताए । ‘ गाउँपालिकाका प्राय वडातहका नागरिकले अत्यावश्यक कामका लागि दैलेख सिमाना तर्फ नै जानुपर्ने छ,’उनले भने । ‘समस्या भएको खण्डमा हामी पनि पहल गर्छौँ ।’
सुदुरपश्चिम प्रदेश संग जोडिएका पुल बन्द
केही समय पहिले कैलालीमा कोरोनाका बिरामी भेटिएपछि दैलेख र सुदूरपश्चिम सँग सिमाना जोडिएका दैलेख पश्चिमका सम्पुर्ण नाका बन्द गरिएको हो । आठबीस नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिक,दुल्लु नगरपालिकाले अछाम संग सिमाना जोडिएका सम्पुर्ण पुलहरुमा आवत–जावत बन्द गराएको जनाएका छन् । दैलेख सँग सिमाना जोडिएका कर्णाली नदीमा पर्ने तल्लो डुंगेश्वर –अछामको रफ, पालेतडा, जाक्सा, रामघाट पादुका खोला, टुनिबगर, राकम कर्णाली लगायतका पुलहरु बन्द गरिएको सम्बन्धीत पालिकाका प्रमुखहरुले जनाएका छन् ।
दैलेखको डुङ्गेश्वर–अछाम तुर्माखाँद गाउँपालिका–१ रहफ जोड्ने झोलुङ्गे पुल बार लगायर बन्द ।
रहफ–सुर्खेतको बराहताल गाउँपालिकाको नौला वन भन्ने ठाउँ जोड्ने पुलको पट्टी नै तानेर पुल बन्द ।
उक्त पुलको पट्टा दुबै तर्फको समन्वयनमा तानिएको बताईएको छ ।
लकडाउनको अनुगमन गर्दा तिर्खाएका प्रहरी पानी पिँउँदै
रहफको भिरपाखा छिचोल्दै,छिचोल्दा कष्टपुर्ण यात्रा गर्नु पर्दा दिक्क लाग्न थालेको उनीहर बताउँछन् ।
Discussion about this post