अछाम । मंगलसेन नगरपालिका वडा न ६ का वडा अध्यक्ष जनकराज भण्डारी लकडाउनलाई प्रभावकारी बनाउन प्रहरी संगै डिउटी गर्न थालेका छन । सरकारले जनताको लागि गरेको लकडाउनको उलंघन बढ्दै गएपछि अध्यक्ष भण्डारी आफै प्रहरी संग डिउटी गर्न थालेका हुन ।
बुधबार दिनभर वडा अध्यक्ष भण्डारी वडा न ६ को ठुलासैन बजारमा जिल्लाका विभिन्न ठाउँका मान्छेहरूको आवत जावत गर्ने मुख्य नाका भएकाले अन्य पालिकाका आउने स्थानीयलाई पनि अनावश्यक काममा आवत जावत नगर्न अनुरोध गर्दै सवारी साधनमा आउनेहरूलाई पनि गाडी रोकेर सम्झाई बुझाइ गर्ने गरेको अध्यक्ष भण्डारीले बताउनुभएको छ । अछाम जिल्लामा पनि कोरनाको जोखिम दिनदिनै बढ्दै गएपछि वडामा लकडाउन थप प्रभावकारी बनाउने उदेश्यले अध्यक्ष आफै खटेकाले यसले थप प्रभाव पार्ने स्थानीय ब्यापारी गोर प्रसाद भण्डारीले बताउनुभयो ।
अध्यक्ष भण्डारीले लकडाउन जनताकै लागि भएकाले पुर्णरूपमा पालना गर्न वडाबासीलाई अनुरोध समेत गर्नुभएको छ । वडा न ६ मा लकडाउन प्रभावकारी बनाउन स्वयंसेवक पनि परिचालन गरिने र एक टोलबाट अर्को टोलमा जान टोलविका समितिका अध्यक्ष मार्फत वडाका जनप्रतिनिधिलाई जानकारी गराएर मात्रै जानुपर्ने निर्णय समेत गरिएको वडा सदस्य देवेन्द्र प्रसाद भण्डारीले बताउनुभयो । छिमेकी वडहरूमा आउन जानपनि वडाका जनप्रतिनिधिको सिफारिसमा मात्रै आउन जानपाई रेडियो मार्फत सुचनाजारि गरिएको अर्का वडा सदस्य नगरपति भण्डारीको भनाइ छ ।
प्रहरी हवलदार रण बहादुर थापाका अनुसार अन्य वडाहरूको तुलनामा वडा न ६ मा लकडाउनको कार्यनयन प्रभावकारी ढंगले भएको बताउदै ठुलासैन अन्य पालिकाहरूमा जाने नाका पनि भएकाले यसले केही चुनौति थपेको बताउनुभयो । अन्य पालिकाका जनप्रतिनिधि तथा सचेत नागरिकले सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । अछाम जिल्लाका संञ्चार माध्यमहरूले पनि कोरना बिशेष कार्यक्रमहरू संञ्चालन गरेका छन ।
Discussion about this post